Kathmandu Press

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त

काठमाडौं, भदौ १९ : पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा मिलनकुमार थापा नियुक्त भएका छन्।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार...
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त

काठमाडौं, भदौ १९ : पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा मिलनकुमार थापा नियुक्त भएका छन्।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार थापालाई चार वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 

यसअघि चार वर्षे कार्यकाल कोषको कोषाध्यक्षका रुपमा काम गर्नुभएका थापाले शुक्रबार नै कार्यालयमा गई पदबहाली गरेका छन्। कोषाध्यक्ष हुँदा पशुपति क्षेत्रको सम्पत्ति एवं जग्गा छानबिन गरी अभिलेखीकरण गर्न महत्वपूर्ण योगदान दिएका थापाले कोषाध्यक्ष हुँदा अपूरा रहेका कामलाई पूरा गर्ने प्रतिबद्धता जनाए।

पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजनालाई अन्तिम रुप दिने उनको प्रतिबद्धता छ । पशुपति क्षेत्रको गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल भइरहेको छ ।

प्रकाशित मिति: ११:३९ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्