Kathmandu Press

वर्षाले अरुण तेस्रो आयोजनास्थलको सडक अवरुद्ध

संखुवासभा, भदौ १९ : केही दिनदेखिको वर्षाका कारण संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको सडक अवरुद्ध भएको छ।अरुण तेस्रोको विद्युत् गृहस्थल...
वर्षाले अरुण तेस्रो आयोजनास्थलको सडक अवरुद्ध

संखुवासभा, भदौ १९ : केही दिनदेखिको वर्षाका कारण संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको सडक अवरुद्ध भएको छ।

अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्डको चिचिला गाउँपालिकास्थित दिदिङमा सडक अवरुद्ध भएको छ। बिहीबार राति पहिरो खसेको जनाइएको छ।

पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्ड अवरुद्ध भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।

उनका अनुसार विद्युत् गृहस्थल छ्याङ्कुटी–दिदिङ सडकका विभिन्न स्थानमा पहिरो खसेको छ। पहिरो हटाउने काम भइरहेको उनले बताए।

छ्याङ्कुटी–दिदिङ खण्ड अवरुद्ध हुदाँ अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा जाने सवारी साधन बाटोमै रोकिएका छन्।

प्रकाशित मिति: ०८:५६ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्