आज पनि तीन वटा प्रदेशमा भीषण वर्षा हुने
काठमाडौं, भदौ १९ : मनसुनी वायुको प्रभावले आज पनि तीन वटा प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान...
काठमाडौं, भदौ १९ : मनसुनी वायुको प्रभावले आज पनि तीन वटा प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी र प्रदेश २ का केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण वर्षा हुने देखिएको छ। देशका अन्य भागमा भने मौसममा सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति पनि बागमती, गण्डकी, कर्णाली र प्रदेश २ का केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
प्रकाशित मिति: ०८:११ बजे, शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











