Kathmandu Press

मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण : गृहमन्त्री थापा

काठमाडाैं, साउन ६ : गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताएका छन्। 

प्र....

प्रहरी प्रधान कार्यालय राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जले सोमबार गरेको ‘तालिम समापन समारोह’मा उनले नेपाल प्रहरीको संघीय संरचनामा साङ्गठानिक स्वरूप बन्न गइरहेकाले संघ र प्रदेशको सम्बन्धलाई सुदृढ बनाएर मुलुकको सुरक्षा थप बलियो बनाउन जरुरी रहेको बताए।

“सुढृढ र प्रविधियुक्त नेपाल प्रहरी निर्माण गर्न गृह मन्त्रालय लागेको छ”, उनले भने। गृहमन्त्री थापाले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न भरपर्दो सुरक्षा व्यवस्था आवश्यक रहेको बताए। उनले नेपाल प्रहरीले सीमित स्रोत र साधनका बावजुद पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे।

उनले नेपाल प्रहरीको संस्थागत क्षमताको विकासका लागि मन्त्रालयको सहयोग रहेको बताए। 
 
प्रकाशित मिति: १६:३३ बजे, सोमबार, साउन ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्