Kathmandu Press

एकीकृत समाजवादी प्रवेश गर्दै वामदेव, जबज मान्ने माधव नेपालको मौखिक प्रतिबद्धता

एमालेका सबै जिम्मेवारीबाट शुक्रबार राजीनामा दिएका वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन्।
एकीकृत समाजवादी प्रवेश गर्दै वामदेव, जबज मान्ने माधव नेपालको मौखिक प्रतिबद्धता

काठमाडौं, भदौ १८ : एमालेका सबै जिम्मेवारीबाट शुक्रबार राजीनामा दिएका वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् ।

त्यसका लागि जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको निर्देशक सिद्धान्त बनाउनुपर्ने शर्त उनले अगाडि सारेका छन् । गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार एकीकृत समाजवादीका अध्यक्ष त्यसका मौखिक प्रतिबद्धता जनाइसकेका छन् ।

जबजलाई निर्देशक सिद्धान्त मान्ने संस्थागत निर्णय भएपछि पार्टी प्रवेश गर्ने तयारीमा गौतम रहेको सुवेदीले जानकारी दिए । ‘संस्थागत निर्णय नहुँदासम्म पार्टी प्रवेश नगर्ने उहाँले बताउनुभएको छ,’ सुवेदीले काठमाडौं प्रेससँग भने, ‘एमाले अध्यक्ष केपी ओलीको पार्टी एकताविरोधी गतिविधि असह्य भएपछि उहाँले एमाले परित्याग गर्ने निर्णय गर्नुभएको हो ।’

प्रकाशित मिति: १९:१८ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्