Kathmandu Press

तीजको अवसरमा पशुपतिको मन्दिर खोल्ने तयारी

काठमाडौं, भदौं १८ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले बन्द रहेको पशुपतिनाथ मन्दिर तीजको अवसर पारेर खोल्ने तयारी थालिएको छ । नेपाली...
तीजको अवसरमा पशुपतिको मन्दिर खोल्ने तयारी

काठमाडौं, भदौं १८ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले बन्द रहेको पशुपतिनाथ मन्दिर तीजको अवसर पारेर खोल्ने तयारी थालिएको छ । 

नेपाली महिलाको महान् चाड हरितालिका (तीज) को अवसरमा मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र पशुपति क्षेत्र विकास कोषको बैठक बसेको थियो । उक्त बैठकले मन्दिर  खोल्ने निर्णय गरेको हो ।

यहि २५ गतेबाट मन्दिर खोल्ने तयारी भएको बुझिएको छ।  नयाँ भेरियन्ट सहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिर लगायत  शिवालय एवं गुह्येश्वरी लगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो।

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गर्न लागिएको उनले सुनाए। मन्दिर खुला गरिएपछि पशुपति क्षेत्र प्रवेश गर्ने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनु पर्नेछ। 
 

प्रकाशित मिति: १९:१३ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्