Kathmandu Press

सडकबाटै सरकारविरुद्ध आन्दोलन चर्काउँछाैं : देउवा

काठमाडौं, साउन ६  : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

<....
सडकबाटै सरकारविरुद्ध आन्दोलन चर्काउँछाैं : देउवा
फाइल

काठमाडौं, साउन ६  : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

वीपी जयन्तिका अवसरमा सहिद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धि विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पनि बताए।

उनले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए। देउवाले वीपी कोइरालाले मुलुकको राष्ट्रियता र समाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तका रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढ्दा मात्रै मुलुकमा समृद्धि आउने विश्वास पनि व्यक्त गरे। 

सभापति देउवाले विपी कोइरालाको बहुआयामिक व्यक्तित्वको पनि चर्चा गरेका थिए।

कार्यक्रमा उपसभापति विमलेन्द्र निधिले वीपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको बताए।

उनले वीपी कोइरालाको समाजवादी विचारधाराकै बाटोबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने पनि स्पष्ट पारे।
 

प्रकाशित मिति: १६:०८ बजे, सोमबार, साउन ६, २०७६