Kathmandu Press

३५ जिल्लामा सकियो कांग्रेसको वडा अधिवेशन 

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव प्रसाद यादवका अनुसार शुक्रबार साँझसम्मा ३५ जिल्लामा मात्रै अधिवेशन भएको हो ।
३५ जिल्लामा सकियो कांग्रेसको वडा अधिवेशन 

काठमाडौं, भदौं १८ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शुरु भएको वडा अधिवेशन अन्तर्गत ३५ जिल्लामा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव प्रसाद यादवका अनुसार शुक्रबार साँझसम्मा ३५ जिल्लामा मात्रै अधिवेशन भएको हो ।

उनका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, दोलखा, सिन्धुली, भक्तपुर, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँची, जुम्ला, हुम्ला, जाजरकोट, दैलेख, बझाङ, डोटी, अछाम र कञ्चनपुरमा वडा अधिवेशन सम्पन्न भएको छ । गण्डकी प्रदेशको मनाङमा अधिवेशनको मितिभन्दा दुई दिनअघि सर्वसम्मत रुपमा नेतृत्व नै चयन भइसकेको छ ।

निर्वाचन समितिले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा बाँकीमा २३ गतेभित्र वडा अधिवेशन हुने गरी मिति तय गरेको संयोजक यादवले काठमाडौं प्रेसलाई जानकारी दिए ।

अन्य जिल्लाहरुमा जिल्लासँग समन्वय गरेर अधिवेशनहरु सम्पन्न हुँदै जाने उनले बताए । कांग्रेसले आउँदो मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति: १८:५० बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्