Kathmandu Press

जापानद्वारा नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहयोग

काठमाडाैं, साउन ६ : जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ६३ करोड ९९ लाख ....

जापानद्वारा नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहयोग

काठमाडाैं, साउन ६ : जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ। 

अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरेका हुन्। ती सम्झौता कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा जापानी सहयोग नियोग (जाइका) का प्रमुख प्रतिनिधि युमिको आशाकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरे। 

कार्यक्रममा राजदूत साइगोले दिगो विकासका लक्ष्य हासिल गर्ने तथा ‘समृद्ध नेपाल, खुशी नेपाली’ परिकल्पना साकार पार्ने वर्तमान सरकारको उद्देश्य हासिलमा सानै भएपनि सहयोग गर्न पाएको बताए।

अर्थ सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति जापानबाट निरन्तर सहयोग प्राप्त भएकोमा हार्दिक आभार व्यक्त गरेका थिए। रासस
 

प्रकाशित मिति: १५:५७ बजे, सोमबार, साउन ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्