Kathmandu Press

सांसद मीना नेपाल ज्ञवालीले राेजिन् एकीकृत समाजवादी

हेटौंडा, भदौ १८ : एमालेबाट निर्वाचित वाग्मती प्रदेशसभा सदस्य मीना नेपाल ज्ञवालीले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन्।उनले आज (शुक्रबार) हेटौंडास्थित वाग्मती प्रदेश निर्वाचन आयोगमा...
सांसद मीना नेपाल ज्ञवालीले राेजिन् एकीकृत समाजवादी

हेटौंडा, भदौ १८ : एमालेबाट निर्वाचित वाग्मती प्रदेशसभा सदस्य मीना नेपाल ज्ञवालीले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन्।

उनले आज (शुक्रबार) हेटौंडास्थित वाग्मती प्रदेश निर्वाचन आयोगमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन्। शारीरिक अस्वस्थताका कारण यसअघि सनाखत गर्न नसकिएको बताइएके छ।

सांसद नेपालको सनाखतपछि वाग्मती प्रदेशमा एकीकृत समाजवादीलाई रोज्ने प्रदेश सभा सदस्य संख्या १३ पुगेको छ।

निर्वाचन आयोगले दिएको समयसम्म अन्य प्रदेश सभा सदस्य पनि एकीकृत समाजवादीमा थपिने दाबी गरिएको छ।

प्रकाशित मिति: १७:१४ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्