Kathmandu Press

समानान्तर समिति बनाउने राजमोका नेता कारबाहीमा

धनगढी, भदौ १८ : सुदूरपश्चिम प्रदेशमा समानान्तर समिति गठन गरेर पार्टी हितविपरीत काम गरेको भन्दै राष्ट्रिय जनमोर्चा (राजमो) का नेतालाई कारबाही गरिएको छ। अवैधानिक...
समानान्तर समिति बनाउने राजमोका नेता कारबाहीमा

धनगढी, भदौ १८ : सुदूरपश्चिम प्रदेशमा समानान्तर समिति गठन गरेर पार्टी हितविपरीत काम गरेको भन्दै राष्ट्रिय जनमोर्चा (राजमो) का नेतालाई कारबाही गरिएको छ। 

अवैधानिक भेला राखेर पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरी फुटपरस्त काम गरेकाले केन्द्रीय सदस्य लालबहादुर जाग्री, सल्लाहकार लोकेन्द्र लम्सालसहितका नेतालाई  पार्टीको साधारण सदस्यवाट निष्कासन गरिएको सो पार्टीका महासचिव मनोज भट्टले जानकारी दिए। 

यसैगरी सो पार्टीका स्थानीय नेता केशवनाथ योगी, गोविन्द विक र लछिराम आचार्यलाई समेत साधारण सदस्यबाट निष्कासन गरिएको छ ।

पार्टीको केन्द्रीय नेतृत्वले लिएको पछिल्लो राजनीतिक गतिविधिप्रति असहमति राख्दै सो पार्टीका केन्द्रीय सदस्य जाग्री लगायतका नेताको सहभागितामा केही दिनअघि भएको भेलाले प्रदेश समिति गठन गरेको थियो । 

‘जनमोर्चाको समानान्तर गतिविधिमा संलग्न सबैलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ,’ महासचिव भट्टले भने, ‘२०६२÷६३ मा भएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउन पाँच दलीय गठनबन्धन बनेको हो।’

प्रकाशित मिति: १७:०० बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्