देशभर १,७५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ काे मृत्यु
९,७७३ जनामा पिसिआर परीक्षण गर्दा १,३५७ जना र ४,५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
काठमाडौं, भदौ १८ : पछिल्लो २४ घन्टामा १,७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
९७७३ जनामा पिसिआर परीक्षण गर्दा १,३५७ जना र ४,५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार सोही अवधिमा २,२७४ जना कोरोना संक्रमणबाट मुक्त भएक छन् भने कोरोनाका कारण २३ जनाको मृत्यु भएको छ।
पछिल्लो समय थपिएको सहित नेपालमा कोरोनाबाट सक्रिय संक्रमितको संख्या ३३,००६ पुगेको छ। तिनीहरुमध्ये ३०,६६२ जना होम आइसोलेसनमा छन् भने २,३४४ जना संस्थागत आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार २७४ जना क्वारेन्टिनमा हुँदा ५४० जनाको आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











