Kathmandu Press

कोरोना नियन्त्रण गर्न नसकेका जापानी प्रधानमन्त्रीले गरे राजीनामा घोषणा

टोकियो, भदौ १८ : जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजीनामा दिने भएका छन्।कोरोना भाइरसको महामरी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै...
कोरोना नियन्त्रण गर्न नसकेका जापानी प्रधानमन्त्रीले गरे राजीनामा घोषणा

टोकियो, भदौ १८ : जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजीनामा दिने भएका छन्।

कोरोना भाइरसको महामरी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उनले राजीनामा दिन लागेका हुन्। 

Hardik ivf

प्रधानमन्त्रीको जिम्मेवारी लिएको झन्डै एक वर्षमै उहाँ जिम्मेवारीबाट बाहिरिन लागेका हो। उनको पार्टीमा निर्वाचनका कारण पनि उनले अहिले नै बाहिरिनुपर्ने अवस्था आइलागेको देखिएको छ ।

उनको पार्टी लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) को निर्वाचन यही सेप्टेम्बर २९ तारिखमा हुन लागेको छ। त्यो निर्वाचनबाट नयाँ नेता आएपछि उनलाई नै सुगाले जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेछ।

त्यसैले प्रधानमन्त्री सुगाले यही सेप्टेम्बर ३० बाट प्रधानमन्त्रीको जिम्मेबारी छोड्नुहुने जनाइएको छ। पार्टीका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री सुगाले पार्टीको निर्वाचनमा आफूले उम्मेदवारी नदिने र प्रधानमन्त्रीको जिम्मेवारी पनि परित्याग गर्ने बताएका थिए।   

प्रधानमन्त्री सुगाले पार्टीको नेतृत्व नयाँ नेतालाई दिने मनस्थितिमा बनाएको एडीपीका महासचिव तोशिहिरो निकीले जानकारी दिए। उनले अघिल्लो वर्षको सेप्टेम्बरमा तत्कालिन प्रधानमन्त्री सिन्जे आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेवारी पाएका थिए।

लामो समय जापानको नेतृत्व गरेका सिन्जेका अति विश्वास पात्रका रुपमा चिनिनु भएका पुराना राजनीतिज्ञ सुगाले भने झण्डै एक वर्ष मात्रै जापानको नेतृत्व गर्ने भएका छन्।

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्