संवैधानिक इजलासबारे सर्वोच्चको अन्तरिम आदेशविरुद्ध पूरक निवेदन
काठमाडौं, भदौ १८ : सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले बिहीबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिको सुनुवाइ संवैधानिक इजलासमा...काठमाडौं, भदौ १८ : सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले बिहीबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिको सुनुवाइ संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राखेर मात्र गर्नू भन्ने अन्तरिम आदेश जारी गरेको थियो।
तर आज (शुक्रबार) त्यस आदेशविरुद्ध पूरक निवेदन दिइएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले फुयाँलको आदेशविरुद्ध पूरक निवेदन दिएका हुन्।
त्रिपाठीद्वारा दायर पूरक निवेदनमा संवैधानिक आयोगहरुमा असंवैधानिक अध्यादेशका आधारमा गरिएको नियुक्ति तथा असंवैधानिक अध्यादेश बदर हुनुपर्ने माग गरिएको छ।
२०७७ मंसिर र २०७८ वैशाखमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका आधारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमेत सहभागी परिषदको बैठकले संवैधानिक निकायमा ५० भन्दा बढी पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो।
सो नियुक्ति सिफारिसविरुद्धको रिटमा निवेदकले प्रधानन्यायाधीश जबराले सो मुद्दा हेर्न नमिल्ने भन्दै बिदा बस्नुपर्ने भनिएकाे थियाे।
रिट निवेदनमाथि आज (शुक्रबार) का लागि सुनुवाइ तोकिएको थियो। तर, सुनुवाइको अघिल्लो दिन नै अन्तरिम आदेशद्वारा रिट निवेदनको सुनुवाइ रोकिएपछि त्रिपाठीले आदेश खारेजीको माग गरेको बताइएकाे छ।











