पशुपति क्षेत्र विकास कोष सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त
काठमाडौं, भदौ १८ : पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) थापालाई पशुपति क्षेत्र...
काठमाडौं, भदौ १८ : पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) थापालाई पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त गरेका हुन्।
ललितपुरको गोदावरी-१ का थापालाई प्रधानमन्त्रीस्तरीय निर्णयाअनुसार पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ को उपदफा ८.२.१३ बमोजिमको सदस्य सचिवमा नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहचिव तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा थापाको कार्यकाल चार वर्षको हुने उल्लेख छ।
हिन्दू धर्मको शिव तान्त्रिकमा विद्यावारिधि गरेका थापासँग यसअघि पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष भएर काम गरिसकेको अनुभव छ।

प्रकाशित मिति: १५:१७ बजे, शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











