Kathmandu Press

भ्रमपूर्ण समाचार प्रकाशनप्रति आइस्पानको आपत्ति

काठमाडौं, भदौ १८ : विभिन्न संचार माध्यमहरुमा प्रकाशित ‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी’ लगायतका समचारप्रति इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले...
भ्रमपूर्ण समाचार प्रकाशनप्रति आइस्पानको आपत्ति

काठमाडौं, भदौ १८ : विभिन्न संचार माध्यमहरुमा प्रकाशित ‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी’ लगायतका समचारप्रति इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले आपत्ति जनाएको छ।

विभिन्न सञ्चार माध्यमहरूले सत्य, तथ्य र बिना प्रमाण प्राविधिक समस्यालाई बढवा दिँदै अतिरञ्जित रूपमा समाचार प्रकाशन भएको भन्दै बिहीबार प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको हो। 

त्यस सञ्चार माध्यमको वेबसाइट, क्लासिक टेकमा होस्ट नभएकोले त्यसको स्वामित्व क्लासिक टेकमा नभई अन्तै रहेको हुनाले त्यसमा पहुँच या नियन्त्रण क्लासिक टेकसँग हुनु असम्भव रहेको उक्त विज्ञप्तिमा उल्लेख छ।

क्लासिक टेकले जनतालाई निरन्तर सूचना प्रवाह गर्ने सम्मानित सञ्चारमाध्यमले कुनै एक संस्थाप्रती पूर्वग्रही भएर लागेको भेटिएकाले यस्ता अतिरञ्जित कुराप्रति नलागी सूचनाको हकविपरीतको कार्य नगर्न पनि हार्दिक अपिलसमेत गरेको छ। 

यस्तै नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल सरकार, सम्मानित अदालतको निर्णयबिना कुनै पनि इन्टरनेट सेवा प्रदायकले संचार माध्यमलाई प्रतिबन्ध लगाउने अधिकार नरहेको क्लासिक टेकले जनाएको छ।
 

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्