Kathmandu Press

दोस्रोे एनटिएस कौसी क्विन-२०७८ प्रतियोगिता हुने

काठमाडौं, भदौ १८ : दोस्रो एनटिएस कौसी क्विन-२०७८ प्रतियोगिता हुने भएको छ।त्यसमा सहभागी हुन इच्छुकका लागि २०७८ भदौ २० गतेसम्म समय सीमा तोकिएको...
दोस्रोे एनटिएस कौसी क्विन-२०७८ प्रतियोगिता हुने

काठमाडौं, भदौ १८ : दोस्रो एनटिएस कौसी क्विन-२०७८ प्रतियोगिता हुने भएको छ।

त्यसमा सहभागी हुन इच्छुकका लागि २०७८ भदौ २० गतेसम्म समय सीमा तोकिएको छ। प्रज्ञान प्रालिद्धारा सञ्चालन गर्दै आएको हलोखबर डटकमले गत वर्ष जस्तै यस वर्ष पनि कौसी क्विन प्रतियोगिता गर्ने भएको छ।

बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्दन गर्ने उद्देश्य तथा कौसी खेती गरिरहेकाहरूलाई थप ऊर्जा प्रदान गर्ने हेतुका उक्त प्रतियोगिता सञ्चालन गरिन लागेको प्रज्ञान क्रियशनका प्रमुख मनोज श्रेष्ठले बताए। ‘सहरी दिगोपन÷स्थिरता प्रवद्र्धनका लागि कौसीखेती’ यस वर्षको नारा रहेको छ।

प्रतियोगितामा सहभागी हुनका लागि सहभागीहरूले कौसीमा रोपिएका तरकारी तथा फूलबारीका काम गर्दै १० वटा फोटो र बढीमा १० मिनेटको भिडियो हलोखबरको इमेल [email protected] मा पठाउनुपर्ने हुन्छ । सहभागिताका लागि कुनै शुल्क पर्ने छैन। 

टाइटल विजेतालाइ ५० हजार बराबरको ग्रिन हाउस प्रदान गरिनेछ। साथै, फस्ट रनरअपले जनही २० हजार, सेकेन्ड रनरअपले  १५ हजार तथा थर्ड रनरअपले  जनही १० हजार बराबरको कौसी सामाग्री पाउनेछन्।

सहभागी सबैलाई एक हजारबराबरको सान्त्वना पुरस्कारको पनि व्यवस्था गरिएको छ। कार्यक्रमको प्रमुख प्रयोजक नेपाल थोपा सिँचाइले गरेको छ। इजरायली राजदूतावास र काठमाडौं महानगरको सहकार्य कार्यक्रमको आयोजना हुनेछ। 

इजरायली राजदूत खनान गोदार, काठमाडौं महानगरपालिकाका कृषि शाखा प्रमुख हरि भण्डारी, मुक्तिनाथ कृषि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सलिन कुमार श्रीवास्तव, कृषि विज्ञ डा. विष्णुप्रसाद चापागाई, गत सालको फूलतर्फकी विजेता डा.नम्रता पाण्डे र कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख कृष्णभद्र अधिकारी निर्णायक मण्डलमा रहेका छन्। 
 

प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्