Kathmandu Press

भारतमा दैनिक सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने थोरै

नयाँ दिल्ली, भदाै १८ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएको छ। पछिल्लो २४ घण्टामा ४५ हजार ३५२ जना नयाँ सङ्क्रमित...
भारतमा दैनिक सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने थोरै

नयाँ दिल्ली, भदाै १८ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएको छ। 

पछिल्लो २४ घण्टामा ४५ हजार ३५२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ३४ हजार ७९१ जना मात्रै सङ्क्रमणमुक्त भएका छन्।  

Hardik ivf

सोही अवधिमा ३६६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृतकको सङ्ख्या अघिल्लो दिनको भन्दा थोरै हो। सङ्क्रमण सबैभन्दा धेरै केरला राज्यमा फैलिएको छ। देशभरिको बाँकी भागमा भन्दा केरला राज्यमा अत्यधिक धेरै रहेको देखिएको छ। 

सरकारी अधिकारीले दिएको पछिल्लो विवरणअनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ३२ हजार ९७ जना नयाँ सङ्क्रमित थपिएका छन्। 

भारतमा अहिलेसम्म चार लाख ३९ हजार ८९५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २९ लाख तीन हजार २८९ पुगेको छ।

तीमध्ये तीन लाख ९९ हजार ७७८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ।

प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्