Kathmandu Press

विद्यालय खुेलेकाले बेलायतमा कोरोना संक्रमण बढ्ने आकलन

लन्डन, भदौ १८ : बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना सङ्क्रमणको दर अझ बढ्न सक्ने बताएका छन्।शिक्षामन्त्री ग्याबिन विलियिमसनले त्यस्तो बताएका...
विद्यालय खुेलेकाले बेलायतमा कोरोना संक्रमण बढ्ने आकलन

लन्डन, भदौ १८ : बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना सङ्क्रमणको दर अझ बढ्न सक्ने बताएका छन्।

शिक्षामन्त्री ग्याबिन विलियिमसनले त्यस्तो बताएका हुन्। अहिले लन्डनमा केही मात्रामा भए पनि कोरोना भाइरसको सङ्क्रमणको अवस्था घटेको भए पनि आगामी हप्ता यहाँका विद्यालय खुल्ने भएका छन्। 

ती विद्यालय खुलेपछि सयौँ हजार बालबालिका विद्यालय जाने भएका छन्। यसबाट देशमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्न सक्ने देखिएको मन्त्री ग्याभिन विलियम्सले बताएका हुन्। 

उनले विद्यालय खुला भएपछि ती सबै विद्यालयका शिक्षक, बालबालिका तथा अरु कर्मचारीलाई पनि स्वास्थ्य जाँच गर्न आग्रह गरिएको बताएका छन्। 

उनले भने, ‘यसैकारणले हामीले बढी भन्दा बढी बालबालिका तथा नागरिकलाई कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरिएको पहिलेका तुलनामा परीक्षणको कामलाई तीव्र बनाइएको छ।”

प्रकाशित मिति: १४:०७ बजे, शुक्रबार, भदौ १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्