Kathmandu Press

‘श्रीलङ्कामा खाद्यान्न सङ्कट छैन’

कोलोम्बो, भदौ १८ : श्रीलङ्कामा खाद्यान्नको सङ्कट भएको भनी प्रकाशित समाचारहरुप्रति यहाँको सरकारले खण्डन गरेको छ। श्रीलङ्काली सरकारले यहाँ खाद्यान्नको आपूर्ति नभएको र यहाँ...
‘श्रीलङ्कामा खाद्यान्न सङ्कट छैन’

कोलोम्बो, भदौ १८ : श्रीलङ्कामा खाद्यान्नको सङ्कट भएको भनी प्रकाशित समाचारहरुप्रति यहाँको सरकारले खण्डन गरेको छ। 

श्रीलङ्काली सरकारले यहाँ खाद्यान्नको आपूर्ति नभएको र यहाँ अहिले नै खाद्य सङ्कटकालको घोषणा गर्नुपर्ने अवस्था पनि नरहेको बताएको हो। 

हालै मात्र यहाँका केही सञ्चारमाध्यमले यहाँ खाद्यान्नको अभाव भएको र श्रीलङ्काली सरकारले यहाँ खाद्य सङ्कट घोषणा गर्न लागेको बताएका थिए। 

तर पनि त्यस्तो अवस्था नरहेको यहाँको सरकारले जनाएको छ। यहाँका बजार तथा उद्योग विकासमन्त्री अजित निब्रद काबरालले यहाँ त्यस्तो अवस्था नरहेको र यस्तो घोषणा गर्नुपर्ने अवस्था पनि नआएको बताएका छन्।

उनले हाल यहाँ श्रीलङ्कामा नै उत्पादित चिनी र चामल उपलब्ध रहेको र यहाँको बजारमा कुनै पनि खाद्यान्नको अभाव भएको भनी कुनै रिपोर्ट सरकारलाई नआएको बताए।

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, भदौ १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्