लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन
बुटवल, भदौ १८ : लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन भएको छ।मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८...बुटवल, भदौ १८ : लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन भएको छ।
मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार हेरफेर र कार्य विभाजन गरेका हुन्।
यसबारे जानकारी दिन प्रदेश प्रमुख कार्यालयले आज (शुक्रबार) एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार ग्रामीण तथा शहरी विकास मन्त्री रहँदै आएका डिल्लीबहादुर चौधरीलाई पर्यटनसमेत थपेर पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्कालाई सहकारी मन्त्रालयको जिम्मेवारी पनि थपिएएको छ। बिना विभागीय मन्त्री रहँदै आएका अजयबहादुर शाहीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मुख्यमन्त्री केसीले आफ्नै जिम्मेवारीमा राखेका छन्।
जसपाका दुई मन्त्री पुरमती ढेंगा र सुमन शर्मा रायमाझी बिनाविभागीय नै छन्। लुम्बिनीमा साउन २८ गते मन्त्रिपरिषद गठन गरिएको थियो। चार दलीय गठबन्धनको सरकारमा राष्ट्रिय जनमोर्चाबाहेक तीन दल सहभागी छन्।




-1789304248.jpg)






-1789304248.jpg)