Kathmandu Press

वडा अधिवेशनले सक्षम र सशक्त नेतृत्व चयन गरोस् : प्रकाशमान

काठमाडौं, भदौ १८ : नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कांग्रेस सङ्गठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला भएकाले सक्षम र सशक्त नेतृत्व...
वडा अधिवेशनले सक्षम र सशक्त नेतृत्व चयन गरोस् : प्रकाशमान

काठमाडौं, भदौ १८ : नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कांग्रेस सङ्गठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला भएकाले सक्षम र सशक्त नेतृत्व चयन गर्नुपर्ने बताए।

पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उनले एक विज्ञप्ति जारी गर्दै वडा अधिवेशनले सक्षम र सशक्त नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे।

‘लोकतान्त्रिक विधि, प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ पूर्वमहामन्त्री सिंहले भने।

उनले संविधानको रक्षा, सङ्घीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुद बनाउन सक्ने र देशलाई गति दिन सक्ने समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व अहिलेको पार्टीभित्रको आवश्यकता भएको बताए।

नेता सिंहले कांग्रेस बलियो बन्दा मुलुकको लोकतन्त्र बलियो हुने जनाउँदै कांग्रेसलाई बलियो बनाउन नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गरेका छन्।

प्रकाशित मिति: १२:२८ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्