Kathmandu Press

सुदूरपश्चिममा ६ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

धनगढी, भदौ १८ : सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख बढी नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाइएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो...
सुदूरपश्चिममा ६ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

धनगढी, भदौ १८ : सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख बढी नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाइएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या छ लाख एक हजार पाँच सय १८ पुगेको छ।

पहिलो मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका एक लाख ९५ हजार तीन सय ६१ व्यक्ति छन् । यस्तै कञ्चनपुरमा एक लाख सात हजार एक सय ६३, बैतडीमा ५७ हजार ६८, अछाममा ५५ हजार नौ सय ४८, बझाङमा ४६ हजार सात सय २४, डोटीमा ४५ हजार चार सय २३, दार्चुलामा ३८ हजार छ सय ५५, डडेल्धुरामा ३० हजार नौ सय ९३ र बाजुरामा २४ हजार एक सय ८३ व्यक्तिले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् ।

यसैबीच  प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या भने चार लाख रहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार चार लाख एक हजार ३३ ले पूर्ण खोप लगाएका छन् । नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीका र सबैभन्दा कम बाजुराका  नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन् । कैलालीका एक लाख ५५ हजार पाँच सय १० ले पूर्ण खोप पाएका हुन् भने बाजुराका सात हजार दुई सय १३ ले पूर्ण खोप लगाएका छन् ।

यस्तै कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार पाँच सय २६, डोटीमा ३१ हजार तीन सय ८९, अछाममा ३० हजार छ सय ७०, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार चार सय ४८ र डडेल्धुराका १२ हजार एक सय ६२ ले पूर्ण खोप पाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा कोभिशिल्ड, स्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन खोप लगाइएको हो ।

प्रकाशित मिति: १०:२७ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्