Kathmandu Press

सबै तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न तल्ला कमिटीलाई कांग्रेसको निर्देशन

काठमाडौं, भदौ १७ : नेपाली कांग्रेसले सबै तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न तल्ला कमिटीलाई निर्देशन दिएको छ ।कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार प्रतिनिधित्वको...
सबै तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न तल्ला कमिटीलाई कांग्रेसको निर्देशन

काठमाडौं, भदौ १७ : नेपाली कांग्रेसले सबै तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न तल्ला कमिटीलाई निर्देशन दिएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्था समेतको निर्वाचन निर्देशिका कार्यसमितिको बैठकमा प्राप्त सुझाव समेतलाई ध्यानमा राख्दै निर्वाचन समितिका संयोजक श्री महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले सहमतिमा टुङ्गो लगाई पार्टी सभापति श्री शेरबहादुर देउवालाई बुझाउने गरी यस्तो निर्णय गरेका हुन् ।

निर्णयमा भनिएको छ, ‘महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति मध्ये केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार माथि उल्लेखित कुनै पनि समूहको पालिका वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो वडामा सो समूहबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने ।’

यसअघि सबै तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित नभएको भन्दै बिरोध आएको थियो । 

प्रकाशित मिति: २१:०२ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्