Kathmandu Press

आइडा आँधी : कम्तीमा आठको मृत्यु, न्यूजर्सीमा सङ्कटकाल घोषणा

न्यूयोर्क, भदौ  १७ : अमेरिकाको न्यूयोर्क र न्यूजर्सी राज्यमा आइडा नामक आँधी,मुसलधारे बर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। खराब मौसम र...
आइडा आँधी : कम्तीमा आठको मृत्यु, न्यूजर्सीमा सङ्कटकाल घोषणा
Hardik ivf

न्यूयोर्क, भदौ  १७ : अमेरिकाको न्यूयोर्क र न्यूजर्सी राज्यमा आइडा नामक आँधी,मुसलधारे बर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। खराब मौसम र यसले निम्त्याएका परिणामका कारण न्युजर्सीमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ।

न्युयोर्क सहरको प्रहरी तथा न्यू जर्सीका अधिकारीले ७ जना न्युयोर्कमा र १ जनाको न्यूजर्सीमा आँधीका कारण ज्यान गएको बताएका छन्।

आँधीपछि न्युयोर्कमा पछिल्लो ९० बर्षमै विशाल मात्रामा वर्षा भएको जनाएको छ। सेप्टेम्बर १ का दिन दुई राज्यमा इतिहास मै सर्वाधिक वर्षा भएको छ। त्यसको साथै न्यूजर्सीमा आँधीले कैयौँ घरहरूलाई तहस नहस बनाएको छ। न्यूयोर्कले पनि पहिलो पटक बाढीको खतरा भएकोले आकस्मिक वर्षाको चेतावनी जारी गरेको छ।

प्रकाशित मिति: २०:५४ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्