साथीको हत्या आरोपमा सैनिक जवान ढकाललाई २५ वर्ष कैद फैसला
काठमाडौं, भदौ १७ : साथीको हत्या आरोपमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद फैसला सुनाइएको छ। जिल्ला अदालत चितवनको आदेशमा सेनाको कोर्ट अफ इन्क्वायरी...
काठमाडौं, भदौ १७ : साथीको हत्या आरोपमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद फैसला सुनाइएको छ। जिल्ला अदालत चितवनको आदेशमा सेनाको कोर्ट अफ इन्क्वायरी प्रतिवेदनको आधारमा नेपाल सेनामा कार्यरत हुद्दा भरत गुरुङको हत्या आरोप ढकाललाई जन्म कैदको फैसला सुनाइएको हो।
सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार सैनिक अदालतले बुधबार ढकालविरूद्ध २५ वर्ष कैद सजाय सुनाएको हो। साथै, भविष्यमा सरकारी सेवाका लागि अयोग्य रहने फैसला पनि गरेको छ।
भरतपुर महानगरपालिका १७ शारदानगरस्थित सिमल डाँडामा साउन ७ गते गुरुङलाई ढकालको हत्या गरेका थिए। ढकालले एसएमजी हतियारबाट गोली प्रहार गरी गुरूङको हत्या गरेको अनुसन्धानबाट खुलेकाे थियो।
प्रकाशित मिति: २०:४७ बजे, बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











