Kathmandu Press

र्‍यान एअरले अगस्टमा एक करोडभन्दा बढी यात्रुलाई सेवा दिन सफल

डबलिन, भदौ १७ : युरोपको सबैभन्दा ठूलो कारोबार गर्ने एयरलाइन्स र्‍यान एअरले अगस्टमा कूल एक करोड ११ लाख यात्रुलाई सेवा दिएको बताएको छ। गत वर्षको...
र्‍यान एअरले अगस्टमा एक करोडभन्दा बढी यात्रुलाई सेवा दिन सफल

डबलिन, भदौ १७ : युरोपको सबैभन्दा ठूलो कारोबार गर्ने एयरलाइन्स र्‍यान एअरले अगस्टमा कूल एक करोड ११ लाख यात्रुलाई सेवा दिएको बताएको छ। 

गत वर्षको सोही अवधिमा भन्दा यूरोपेली विमान कम्पनी र्‍यान एअरले ५८.५७ प्रतिशत बढी कारोबार गर्न सफल भएको कम्पनीले जनाएको छ।

आयरल्याण्डमा मुख्यालय रहेको एयरलाइन्सले अगस्टमा सरदर ८२ प्रतिशत यात्रु बोकेर कूल ७१ हजार उडानहरू सञ्चालन गरेको बताएको छ। यो गत महिनाको तुलनामा दुई प्रतिशतले वृद्धि हो।
 
र्‍यान एयरले जारी गरेको मासिक ट्राफिक तथ्याङ्कले देखाएअनुसार अप्रिलदेखि लगातार पाँचौं महिनासम्म यात्रुहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको देखिएको छ। गत पाँच महिनामा आर्थिक स्थितिमा तीव्र सुधारको बावजुद कम्पनीको अगस्तको कारोबार अझै पनि अगस्त २०१९ मा रेकर्ड गरिएको महामारी पूर्वस्तर भन्दा २५.५ प्रतिशत कम रहेको छ। 

सन् २०१९ मा यस कम्पनीले एक करोड ४९ लाख यात्रुहरूलाई सेवा प्रदान गरेको थियो। र्‍यान एयरले खासगरीे मुख्यतया युरोप तथा उत्तर अफ्रिकामा छोटो उडान सञ्चालन गर्छ।

प्रकाशित मिति: २०:१३ बजे, बिहीबार, भदौ १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्