Kathmandu Press

समानान्तर गतिविधि नरोके कारवाही गर्ने विवेकशील साझा पार्टीको चेतावनी

काठमाडौं, भदौ १७ : विवेकशील साझा पार्टीले पार्टीमा समानान्तर गतिविधि नरोकिए कारबाही गर्ने चेतावनी दिएको छ ।पार्टीको केन्द्रीय समितिको बैठक अध्यक्ष रवीन्द्र मिश्रको...
समानान्तर गतिविधि नरोके कारवाही गर्ने विवेकशील साझा पार्टीको चेतावनी

काठमाडौं, भदौ १७ : विवेकशील साझा पार्टीले पार्टीमा समानान्तर गतिविधि नरोकिए कारबाही गर्ने चेतावनी दिएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठक अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको बैठकले अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न र त्यस्ता कदम नरोके आवश्यक कारवाही गर्ने चेतावनी दिएको हो ।

त्यस्तै बैठकले सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टिका टिप्पणी गर्ने केन्द्रीय सदस्यहरूलाई पनि त्यस्तो नगर्न सचेत पनि गराएको छ ।

बैठकले पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै अबको एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति: २०:०५ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्