कास्कीमा निषेधाज्ञा जारी तर सवारी साधनमा जोरबिजोर हट्यो
काठमाडौं, भदौ १७ : कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । यसअघि प्रशासनले भाद्र १० गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता...
काठमाडौं, भदौ १७ : कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । यसअघि प्रशासनले भाद्र १० गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो ।
प्रशासनले कोभिड १९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि जारी गरिएको निषेधाज्ञा आदेशलाई भाद्र ३१ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । यद्यपी, प्रशासनले गत हप्ता कोरोना सङ्क्रमण वृद्धि भएको भन्दै जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गरेकोमा शुक्रबार रातीदेखि त्यसलाई हटाएको छ ।
यससँगै शनिबारदेखि कास्की जिल्लामा निर्वादरुपमा निजी तथा सार्वजनिक सवारीहरू सञ्चालन हुने भएका छन् । विगत लामो समयदेखि गण्डकी प्रदेशमा बढेको कोरोना सङ्क्रमण केही दिन देखि क्रमशः घट्न थालेको छ । प्रदेशमा कास्कीमा सबै भन्दा धेरै सङ्क्रमित र मृतक देखिँदै आएकोमा पछिल्लो समय कम हुँदै गएको छ ।
प्रशासनले सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, मोटेल,नाँचघर, क्लब, डान्सबार, दोहोरीसाँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर,स्पा, स्वीमिङ पुल, फुटपाथ पसल लगायतका व्यवसाय खोल्न निषेध गरेको छ ।











