Kathmandu Press

भारतसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं, भदौं १७ : भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल बराबरीमा रोकिएको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा सुरुआतमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल...
भारतसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं, भदौं १७ : भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल बराबरीमा रोकिएको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा सुरुआतमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो।

नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए भने भारतका अनिरुध थापाले गोल गरेका थिए । खेलमा दुवै हाफमा समान १ गोल भएको थियो।

पहिलो हाफको ३६औं मिनेटमा नेपालले अग्रता लियो । भारतका डिफेन्डर चिङ्गेलसान सिंहले किपरले दिएको ब्याक पासमा अन्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोलले पछि परेको भारतले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको थियो। उसले ६०औं मिनेटमा बराबरी गोल फर्कायो। भारतीय कप्तान सुनिल क्षेत्रीले डिबक्स बाहिरबाट प्रहार गरेको कडा प्रहारलाई नेपाली किपर किरन चेम्जोङले रोक्दा डिफ्लेक्ट भएको बलमा अनिरुधले गोल गरेका थिए।

त्यसपछि खेलमा कुनै गोल नहुँदा खेल बराबरीमा सकियो । साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतबीच आइतबार दोस्रो मैत्रीपूर्ण खेल हुने छ।

प्रकाशित मिति: १९:३१ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्