Kathmandu Press

पाकिस्तानमा कोभिड–१९ संक्रमणबाट झण्डै २६ हजारको मृत्यु

इस्लामाबाद, भदौ १७ : पाकिस्तानमा विगत २४ घण्टामा चार हजार १०३ थप व्यक्तिमा कोभिड–१९ पुष्टि भएको पाकिस्तानले जानकारी गराएको छ। पाकिस्तानको ‘नेशनल कमाण्ड एण्ड...
पाकिस्तानमा कोभिड–१९ संक्रमणबाट झण्डै २६ हजारको मृत्यु

इस्लामाबाद, भदौ १७ : पाकिस्तानमा विगत २४ घण्टामा चार हजार १०३ थप व्यक्तिमा कोभिड–१९ पुष्टि भएको पाकिस्तानले जानकारी गराएको छ। 

पाकिस्तानको ‘नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर’ (एनसिओसी) का अनुसार बिहीबार ६१ हजार ६५१ को कोभिड–१९ परीक्षण गरिएकोमा चार हजार १०३  जनामा सङ्क्रमण पुष्टि भएको छ। 

यससँगै कूल सक्रिय सङ्क्रमितको सङ्ख्या एघार लाख ६७ हजार ७९१ रहेको छ भने अहिलेसम्म कोभिड सङ्क्रमित २५ हजार ९७८ व्यक्तिको मृत्यु भएको छ। पाकिस्तानमा यो साता सङ्क्रमण दर ६.६३ प्रतिशतबाट बढेर ६.६५ प्रतिशत पुगेको छ। 

गत २४ घण्टामा पाकिस्तान भरी भएको कोभिड–१९ सङ्क्रमितको मृत्युको कुल सङ्ख्या ८९ रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ।

विभिन्न चरणमा आफ्ना नागरिकलाई कोभिड–१९ विरूद्धको खोप दिँदै आएको पाकिस्तानले बुधबारदेखि १७ वर्ष र त्यसभन्दा माथिका नागरिकका लागि खोप अभियान सञ्चालन गरेको छ। कोभिडलाई फैलिन नदिन पाकिस्तान सरकार विभिन्न चरणमा अभियान सञ्चालन गरेको जियो न्यूजले जनाएको छ।

प्रकाशित मिति: १९:१० बजे, बिहीबार, भदौ १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्