अन्जनको गोलमा पहिलो हाफमा नेपाललाई अग्रता
काठमाडौं, भदौ १७ : भारतविरुद्धको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको छ।दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलमा ३६औं अन्जन विष्ट गोल गर्दै नेपाललाई अग्रता...
काठमाडौं, भदौ १७ : भारतविरुद्धको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको छ।
दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलमा ३६औं अन्जन विष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाए ।
आसन्त साफ च्याम्पियनसिपका तयारीका लागि नेपाल र भारतसँग २ मैत्रीपूर्ण खेल खेलिरहेका छन्। दोस्रो खेल आगामी आइतबार हुनेछ।
किरण चेम्जोङको कप्तानीमा रहेको टिमको डिफेन्समा अन्नत तामाङलाई गौतम श्रेष्ठ, सुमन अर्याल र दिनेश राजवंशीले सघाउने छन्।
यस्तै, मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र सुमन लामा छन् भने स्ट्राइकरका रुपमा अन्जन विष्ट विष्ट नवयुग श्रेष्ठ र आयुष घलान छन्।
प्रकाशित मिति: १८:२४ बजे, बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











