प्रदेश १ का मुख्यमन्त्री आचार्यको नियुक्ति बदर गर्न विपक्षी गठबन्धनको माग
विराटनगर, भदौ १७ : विपक्षी गठबन्धनले प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यको नियुक्ति अवैधानिक भएको ठहर गरेको छ।विराटनगरमा आज (बिहीबार) भएको कांग्रेस, माओवादी...
विराटनगर, भदौ १७ : विपक्षी गठबन्धनले प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यको नियुक्ति अवैधानिक भएको ठहर गरेको छ।
विराटनगरमा आज (बिहीबार) भएको कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) सम्मिलित गठबन्धनको बैठकले सो नियुक्ति बदर गर्न मागसमेत गरेको छ।
बैठकमा कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्रकुमार राई, जसपा संसदीय दलका नेता जयराम यादवलगायत नेताहरू सहभागी थिए।
बैठकले मुख्यमन्त्री आचार्यलाई मन्त्रिमण्डल विस्तार र अन्य दूरगामी महत्वका कुनै निर्णय नगर्न पनि चेतावनी दिएको छ।
प्रदेश १ मा मालेका १० सांसदले एकीकृत समाजवादी रोजेसँगै मुख्यमन्त्री आचार्य अलपमतमा परेका छन्। निर्वाचन आयोगले दल त्यागका लागि भदौ २२ सम्मको समय दिएको छ। आचार्य भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
दल विभाजित भइसकेपछि एमाले ४१ सांसदमा सीमित भएको छ। यसअघि एमाले एकल बहुमतमा थियो
कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, एकीकृत समाजवादीमा १०, जनता समाजवादी पार्टी (जसपा) ३, राष्ट्रिय प्रजातन्त्र पार्टी एक र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चमा एक सांसद छन्।











