Kathmandu Press

कोरोनाकालमा कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

कोरोना महामारीको जोखिमबीच कांग्रेसको १४औँ महाधिवेशन गर्न लागिएकाले रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
कोरोनाकालमा कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, भदौ १७ : कोरोना महामारीको जोखिमबीच कांग्रेसको १४औँ महाधिवेशन गर्न लागिएकाले रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कांग्रेसबाट वागमतीका प्रदेशसभा सांसद नरोत्तम वैद्यले अधिवक्ता भूपेन्द्रप्रसाद पोखरेलमार्फत बिहीबार रिट दायर गरेका हुन् ।

कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी राखेको अवस्थामा हजारौँको उपस्थितिमा हुने महाधिवेशन प्रक्रिया रोक्न रिटमा माग गरिएको छ । महाधिवेशनको प्रक्रिया जनस्वास्थ्यका दृष्टिले प्रतिकुल रहेको रिटमा दाबी गरिएको छ ।

१८ भदौदेखि कांग्रेसका वडा तहका अधिवेशन सुरु हुँदैछन् । ९–१३ मंसिरका लागि कांग्रेसले १४ औँ महाधिवेशनको तिथि तोकेको छ ।

प्रकाशित मिति: १७:१७ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्