प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासमा संवैधानिक परिषद्सम्बन्धी रिटको सुनुवाइ रोक्न सर्वोच्चको आदेश
प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासमा संवैधानिक परिषद्सम्बन्धी रिटको सुनुवाइ रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
काठमाडौं, भदौ १७ : प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासमा संवैधानिक परिषद्सम्बन्धी रिटको सुनुवाइ रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्ति खारेज गर्न माग गर्दै परेका रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासबाट आफू अलग हुने निर्णय प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले गरेका थिए ।
सर्वोच्चकै न्यायाधीश हरि फुयालको इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।
अधिवक्ता डा. गणेश रेग्मीले सर्वोच्च अदालतलाई विपक्षी बनाउँदै प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासका काम कारवाही रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिटको अन्तिम टुंगो नलागेसम्म ती मुद्दाको सुनुवाइ नगर्न–नगराउन बिहीबार न्यायाधीश फुयालको इजलासले अन्तरिम आदेश दिएको हो । इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ ।


प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











