Kathmandu Press

पार्टीको अधिवेशनमा दलित समुदायको अनिवार्य प्रतिनिधित्व गराउने प्रधानमन्त्रीद्वारा प्रतिबद्धता

काठमाडौं, भदौ १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको प्रत्येक वडामा अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका...
पार्टीको अधिवेशनमा दलित समुदायको अनिवार्य प्रतिनिधित्व गराउने प्रधानमन्त्रीद्वारा प्रतिबद्धता

काठमाडौं, भदौ १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको प्रत्येक वडामा अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र पार्टी केन्द्रीय सदस्यद्वय मानबहादुर विश्वकर्मा तथा जीवन परियारबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा पार्टीको वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व गराउन आफूले सक्दो पहल गर्ने बताएका हुन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले बुधबार पार्टीको १४औँ महाधिवेशनका लागि हुने प्रतिनिधि छनोटदेखि नै दलित प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका बनाइएको भन्दै पार्टीको केन्द्रीय सदस्य र दलित सङ्घको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।  

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘षड्यन्त्रमूलक ढङ्गबाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरी लागू गरिने निर्वाचन निर्देशिका दलित सङ्घका लागि मान्य हुँदैन ।’ दलित समुदायको वडाबाट क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन÷महासमितिसम्म अनिवार्य प्रतिनिधित्वको माग गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल दलित सङ्घले आज धर्नासमेत दिएको छ।
 

प्रकाशित मिति: १६:५७ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्