काठमाडौं उपत्यकामा ७ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ १४ : काठमाडौं उपत्यकामा ७ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।काठमाडौंमा ५ सय ४१, भक्तपुरमा १ सय र ललितपुरमा...
काठमाडौं, भदौ १४ : काठमाडौं उपत्यकामा ७ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा ५ सय ४१, भक्तपुरमा १ सय र ललितपुरमा १ सय ५२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उपत्यकामा हालसम्म २ लाख ९८ हजार ३ सय २९ जनामा संक्रमणमुक्त भएका छन्। तीमध्ये काठमाडौंमा २ लाख २९हजार ३ सय ३५, भक्तपुरमा २५ हजार ९ सय १८, ललितपुरमा ४३ हजार ७६ जना छन्।
उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ५५ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ९४, भक्तपुरमा ४ सय १९ र ललितपुरमा ६ सय ४२ जना रहेका छन्।
पछिल्लो २४ घन्टामा थपिएको सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार ५ सय ३४ पुगेको छ। तीमध्ये काठमाडौंमा ४ हजार ८ सय ३६, भक्तपुरमा १ हजार ३ सय ९० र ललितपुरमा २ हजार ३ सय ८ जना रहेका छन्।
प्रकाशित मिति: १६:४५ बजे, बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











