Kathmandu Press

डिप्रोक्स लघुवित्तद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव

डिप्रोक्स लघुवित्तद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, भदौ १७ : डिप्रोक्स लघुवित्त वित्तीय संस्था (डिएलबिएस) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। 

आज (बिहीबार) बसेको लघुवित्त सञ्चालक समितिको २९९औं बैठकले बैठकले मुनाफाबाट २१.०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

आव २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ बराबरको २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको अवस्थामा आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त बोनस सेयर सेयरधनीले पाउनेछन्। बोनस वितरण भएपछि लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ पुग्ने कम्पनीको भनाइ छ।

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, भदौ १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्