Kathmandu Press

कांग्रेसमा वरिष्ठ नेता पौडेल समूहले केन्द्रीय सभापतिको एउटै उम्मेदवार चयन गर्ने

बिहीबार केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्दै उक्त समूहले केन्द्रीय सभापतिका लागि आफ्नो पक्षबाट एउटै उम्मेदवार तय गरिने पौडेलले बताएका हुन् ।
कांग्रेसमा वरिष्ठ नेता पौडेल समूहले केन्द्रीय सभापतिको एउटै उम्मेदवार चयन गर्ने

काठमाडौं, भदौ १७ : कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औँ महाधिवेशनमा एउटै उम्मेदवार चयन गर्ने बताएको छ ।

बिहीबार केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्दै उक्त समूहले केन्द्रीय सभापतिका लागि आफ्नो पक्षबाट एउटै उम्मेदवार तय गरिने पौडेलले बताएका हुन् ।

तर, उनले को उम्मेदवार बन्ने भन्ने स्पष्ट गरेनन् । पार्टीको केन्द्रीय महाधिवेशन आउन अझै समय रहेकाले विस्तारै त्यसबारे निर्णय लिइने पौडेलले बताए ।

पत्रकार सम्मेलनमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसह-महामन्त्री अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, सुजाता कोइरा, डा. मिनेन्द्र रिजाल, गगन थापालालगायत नेता उपस्थित थिए ।

प्रकाशित मिति: १५:२१ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्