Kathmandu Press

मन्दिरको छत खसेर दुईको मृत्यु

पाँचथर, साउन ६ : पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारीमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ।

स्थानीय अर्जुन....

मन्दिरको छत खसेर दुईको मृत्यु

पाँचथर, साउन ६ : पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारीमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ।

स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो। घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयत्न गरिरहेको छ।

प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण सटिङ खुस्काउने क्रममा पूरै छत खसेर किच्दा उनीहरुको मृत्यु भएको हो।

निर्माणाधीन मन्दिरको छत २० दिनअघि नै ढलान गरिएको भए पनि राम्रोसँग नअडिएको पाइएको उनको भनाइ छ।

प्रकाशित मिति: १०:५४ बजे, सोमबार, साउन ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्