Kathmandu Press

आफ्नै क्षेत्रका दुवै प्रदेश सांसदलाई एमालेमै रोक्न गोकुल बास्कोटा असफल  

काठमाडौं, भदौ १७ : बझाङको बित्थडचिर गाउँपालिका-१ मल्ला गाउँ बस्ने २५ वर्षीय कर्ण बहादुर बोहराको चट्याङ लागेर बुधबार दिउँसो मृत्यु भएको छ।घरनजिकैको जंगलमा...
आफ्नै क्षेत्रका दुवै प्रदेश सांसदलाई एमालेमै रोक्न गोकुल बास्कोटा असफल  

काठमाडौं, भदौ १७ : काभ्रेपलाञ्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ अन्तर्गतका प्रदेश निर्वाचन क्षेत्रका दुवै एमाले सांसद नेकपा (एकीकृत समाजवादी) मा लागेका छन्।

काभ्रे-२ (१) का लक्ष्मण लम्साल र (२) का बसुन्धरा हुमागाईंले एकीकृत समाजवादी रोजेका हुुन्। काभ्रे–२ पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद गोकुल बाँस्कोटा विजयी भएको निर्वाचन क्षेत्र हो। 

वाग्मती प्रदेशबाट एकीकृत समाजवादी रोज्ने १२ सांसदमा लम्साल र दाहाल पनि पर्छन्।

एमाले विभाजनपछि मूल पार्टीमै रहने कि नयाँ रोज्ने भन्ने अन्योलमा जनप्रतिनिधिहरु अल्झिएका छन्। त्यसका लागि निर्वाचन आयोगले भदौ २२ सम्मको समय दिएको छ।

त्यसकारण जनप्रतिनिधिहरू तानातानमा परेका छन्। एमाले आफ्ना जनप्रतिनिध नयाँ पार्टीमा नजाऊन भनेर रोक्ने रणनीतिमा छन भने एकीकृत समाजवादी आफ्नो पक्षमा जतिसक्दो धेरै जनप्रतिनिधि पार्ने कसरतमा छन्।

तर नेता बास्कोटाले आफ्नो क्षेत्रका प्रदेश सांसद भने रोक्न सकेनन्।  

बास्कोटाकै गाउँपालिका मण्डनदेउपुरका अध्यक्ष टोकबहादुर वाइबा पनि एकीकृत समाजवादीमा लागेका छन्। सोही गाउँपालिका वडा ४ का वडाध्यक्ष भुवन बजगाईंले एकीकृत समाजवादी रोजेको बताइएको छ। 

मण्डनदेउपुरका १२ वटा वडामध्ये आठवटामा एमालेले जितेको छ। तीमध्ये ६ वडाध्यक्ष एकीकृत समाजवादीमा उभिने पक्कापक्कीजस्तै भइसकेको छ।

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्