Kathmandu Press

एकीकृत समाजवादी पार्टी माओवादी केन्द्रमा विलीन हुने कुरा भ्रम मात्र हो : अध्यक्ष नेपाल

१० बुँदे सहमति कार्यान्वयनका नाममा ओलीले हिजो आफ्नो पक्षमा रहेका नेता कार्यकर्तालाई टाङमुनि छिराएर हुर्मत लिने योजना बनाइरहेको आरोप पनि उनले लगाए।
एकीकृत समाजवादी पार्टी माओवादी केन्द्रमा विलीन हुने कुरा भ्रम मात्र हो : अध्यक्ष नेपाल

काठमाडौं, भदौ १७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी माओवादी केन्द्रसँग गएर विलीन हुन्छ भन्ने भ्रममा नपर्न पार्टीका नेता-कार्यकता र शुभचिन्तकलाई आग्रह गरेका छन्।

आज (बिहीबार) एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारसँग कुराकानी गर्दै उनले एमालेबाट विद्रोह गरेर जन्मिएको र जनताको बहुदलीय जनवाद (जबज) आत्मसात् गरेको पार्टी भएकाले अरू पार्टीमा विलीन हुने नभई क्रान्तिकारी ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरे। 

एमाले अध्यक्ष केपी ओलीमा सुध्रिने कुनै लक्षण नदेखिएको उल्लेख गर्दै उनले १० बुँदेको भ्रममा नपर्न प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता-कार्यकतालाई आग्रह गरेका छन्।

१० बुँदे सहमति कार्यान्वयनका नाममा ओलीले हिजो आफ्नो पक्षमा रहेका नेता कार्यकर्तालाई टाङमुनि छिराएर हुर्मत लिने योजना बनाइरहेको आरोप पनि उनले लगाए।

निर्वाचन आयोगबाट भदौ ९ गते दलको मान्यता पाएको एकीकृत समाजवादीलाई संसद सचिवालयले संसदीय दलको कार्यालय उपलब्ध गराइसकेको छ। सोही कार्यालयमा आज अध्यक्ष नेपालसहित सांसद बिहीबार कार्यालय गएका थिए।

उनले निर्वाचन आयोगले दिएको समयभित्रै एकीकृत समाजवादीमा आउन उनले स्थानीय प्रतिनिधि, सांसद र नेता-कार्यकर्ताहरूलाई आह्वान गरे। आयोगले दल रोज्ने समय भदौ २२ सम्म तोकेको छ।

 

 

प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्