Kathmandu Press

यमनमा विद्रोही र सरकार समर्थक सेनाबीच झडप, ६५ जनाको मृत्यु

यमनमा विद्रोही र सरकार समर्थक सेनाबीच झडप, ६५ जनाको मृत्यु
Hardik ivf

दुबई, भदौ १७ : यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको  झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् । 

ती सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । ४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन्। 

यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट शुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन्।

प्रकाशित मिति: १३:३३ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्