Kathmandu Press

नाइजेरियामा बन्धुकधारीद्वारा ७३ विद्यार्थी अपहरण

लागोस, भदौ १७ : नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् । नाइजेरियाको प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खवर प्राप्त भएको...
नाइजेरियामा बन्धुकधारीद्वारा ७३ विद्यार्थी अपहरण

लागोस, भदौ १७ : नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् । 

नाइजेरियाको प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खवर प्राप्त भएको जनाएको छ। विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन्। 

जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले जारी गरेको वक्तव्यमा उनीहरुलाई अपहरण गर्न ठू्लो सङ्ख्यामा लडाकू आएका उल्लेख गरिएको छ। 

बुधबार बिहान काया गाउँबाट उनीहरुलाई अपहरण गरिएको र कता लगे भन्ने बारेमा एकिन हुन नसकेको अधिकारीले जनाएका छन्। 

अपहरित बालबालिका माध्यामिक तहका विद्यार्थी रहेका जनाइएको छ। घटनाका बारेमा विस्तृत विवरण आउन भने बाँकी रहेको छ।  
 

प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, भदौ १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्