सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं, भदौ १७ : आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। आज सुनको मूल्य बुधबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले घटेको...
काठमाडौं, भदौ १७ : आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। आज सुनको मूल्य बुधबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले घटेको छ।
बुधबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९० हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ।
महासंघका अनुसार बुधबार ९० हजार ५०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन भने ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने थोरै उकालो लागेको छ। बुधबार १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ वृद्धि भई १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।
प्रकाशित मिति: १३:१९ बजे, बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











