Kathmandu Press

जडीबुटीबाट १२ लाख बढी राजस्व

मनाङ, भदौ १७ : औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रीबाट रू १२ लाख ४० हजार २०० राजस्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७७/७८...
जडीबुटीबाट १२ लाख बढी राजस्व

मनाङ, भदौ १७ : औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रीबाट रू १२ लाख ४० हजार २०० राजस्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७७/७८ मा एक हजार ८४किलोग्राम जडीबुटी बिक्रीबाट उक्त  रकम सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले जनाएको हो।

आर्थिक वर्ष २०७५/७६ को तुलनामा सुन्ना दशमलव ६३ प्रतिशतले यस आवमा कम राजस्व सङ्कलन भएको एक्याप प्रमुख लेखनाथ गौतमले जानकारी दिए। कोभिड– १९ को सङ्क्रमणका कारण जङ्गली जडीबुटी सङ्लकन गर्न नसकिएको उनको भनाइ थियो। 

जिल्लाको मुख्य आयस्रोतको रुपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत बिक्रीबाट राजस्व सङ्कलन हुँदै आएको छ। कोरोना सङ्क्रमण न्यूनीकरणका सहयोगी हुने  यी जडिबुटी यस वर्ष जिल्लामै पनि निकै विक्री भएको छ। 

वन लसुनको प्रयोग सिटामोल बनाउन प्रयोग हुने गरेको छ। यसबाट ग्यास्टिक, ज्वरो र  रुघाखोकी निको हुनाका साथै घाउचोटमा पनि उपयोगी मानिन्छ। गुच्ची च्याउ  क्यान्सर, उच्च रक्तचाप, मुटुको  रोग निरोधका लागि उपयोगी मानिन्छ।

प्रकाशित मिति: १२:४९ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्