Kathmandu Press

असोजसम्म ३० प्रतिशतलाई खोप दिने लक्ष्य पूरा हुँदै, डब्लुएचओले दियो सरकारलाई बधाई

बुधबारसम्ममा १ करोड ९२ हजार १ सय ६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। हालसम्ममा १७.९ प्रतिशतले खोपको पहिलो मात्रा र १५.४ प्रतिशतले पूर्ण खोप लगाएका छन्। 
असोजसम्म ३० प्रतिशतलाई खोप दिने लक्ष्य पूरा हुँदै, डब्लुएचओले दियो सरकारलाई बधाई

काठमाडौं, भदौ १७ : सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रा लगाइसकेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषदको पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो।

सो निर्णयअनुसार बुधबारसम्ममा १ करोड ९२ हजार १ सय ६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। हालसम्ममा १७.९ प्रतिशतले खोपको पहिलो मात्रा र १५.४ प्रतिशतले पूर्ण खोप लगाएका छन्। 

मन्त्रालयको तथ्यांकअनुसार ५४ लाख २४ हजार ८ सय ३६ जनाले पहिलो मात्रा र ६४ लाख ६७ हजार ३ सय २८ जनाले पूर्ण खोप मात्रा लगाएका छन्। हालसम्म नेपालमा भोरोसेल, जाेनसन एन्ड जाेनसन, कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्विडिस अस्ट्राजेनेका खोप भित्र्याइएको छ।

यस्तै मन्त्रालयले आगामी असोज मसान्तसम्म ३० प्रतिशत नागरिकलाई खोप लगाउने योजनाअनुसार खोप लागाउने अभियान देशभर तीव्र रुपमा अघि बढाएको छ।

यसैबीच विश्व स्वास्थ्य संगठनका दक्षिण-पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै कोरोनाविरुद्धको खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाईसमेत दिएका छन्।

प्रकाशित मिति: १२:१८ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्