Kathmandu Press

बेलायतमा दैनिक संक्रमितको सङ्ख्यामा फेरि वृद्धि

लण्डन, भदौ १६ : बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बेलायतमा ३२ हजार १८१...
बेलायतमा दैनिक संक्रमितको सङ्ख्यामा फेरि वृद्धि

लण्डन, भदौ १६ : बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ। 

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बेलायतमा ३२ हजार १८१ जना नयाँ सङ्क्रमित थपिएका छन्। 

बेलायतमा अहिलेसम्म कूल सङ्क्रमितहरूको सङ्ख्या ६७ लाख ८९ हजार ५८१ रहेको अधिकारीहरूले जानकारी दिएका छन्। 

Hardik ivf

कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये बेलायतमा पछिल्लो एक दिनमा कम्तीमा ५० जनाको मृत्यु भएको पाइएको छ। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३२ हजार ५३५ जनाको मृत्यु भएको छ। 

कूल सङ्क्रमितमध्ये अहिलेसम्म ५४ लाख ६६ हजार ३१६ जना सङ्क्रमणमुक्त भइसकेको जनाइएको छ।  

बेलायतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या ११ लाख ९० हजार ७३० रहेको अधिकारीहरूले जानकारी दिएका छन्।

विज्ञहरूले १२ देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउन सुझाव दिएका छन्। उनीहरूको सुझावअनुसार बेलायत सरकारले निर्देशन जारी गर्ने अपेक्षा गरिएको छ। 

त्यसैगरी बेलायतले आफ्नो देशमा रहेकाहरूलाई तेस्रो मात्रा खोप पनि लगाइदिने व्यवस्था गर्न लागेको छ। अर्को महिनादेखि त्यस्तो व्यवस्था हुनसक्ने अधिकारीहरूले जनाएका छन्। 

तर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भने विश्वभरी खोपको समान वितरणमा असर पर्ने भएकाले खोपको तेस्रो मात्रा लगाउने कुरामा निरुत्साहित गर्दै आएको छ। 

कतिपय धनी, विकसित र शक्तिशाली मुलुकहरूले कोरोनाभाइरसविरुद्ध तेस्रो मात्रा खोप पनि प्रयोग गर्दा सबैले खोप पाएको अवस्था आउन ढिलाइ हुने चिन्ता डब्लूएचओले गरेको छ। 

धनी र गरिब मुलुकहरूका बीचमा खाडल सृजना गर्ने र मानवीय दृष्टीले पनि यो राम्रो नहुने डब्लूएचओको भनाइ छ। 

बेलायतमा अहिलेसम्म १६ वर्षभन्दा बढी उमेरका व्यक्तिमध्ये ८८ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेका छन् भने ७८ प्रतिशतले दुवै खोप लगाएका छन्।

प्रकाशित मिति: २१:०५ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्