नेपालमा एक करोड वढीले लगाए कोरोना विरुद्धको खोप
काठमाडौं, भदौं १६ : नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ ।कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार एक...
काठमाडौं, भदौं १६ : नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ ।
कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार एक सय ६४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खोप लगाउनेमध्ये ४६ लाख ६७ हजार तीन सय २८ जनाले पूर्ण मात्रा र ५४ लाख २४ हजार आठ सय ३६ जनाले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
सरकारले कुल जनसङ्ख्याको ७१ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । अहिलेसम्म एक करोड ३३ लाख मात्रा कोरोनाविरुद्धको खोप नेपालमा प्राप्त भैइसकेको र थप खोप आउने क्रममा रहेको मन्त्रालयको भनाइ छ ।
सरकारले अहिले ४० वर्षमाथिको उमेर समूह, विद्यार्थी, अत्यावश्यक सेवामा संलग्न लगायतलाई प्राथामिकतामा राखेर खोप लगाइरहेको छ ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नो ट्वीटर एकाउण्टबाट नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको जानकारी दिएका छन् ।











