Kathmandu Press

प्रदेश २ : जसपाका ११ प्रदेशसभा सदस्यद्वारा लोसपाको पक्षका सनाखत

धनुषा, भदौ १६ : प्रदेश नम्बर २ का जनता समाजवादी पार्टी नेपालमा रहेका ११ जना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत...
प्रदेश २ : जसपाका ११ प्रदेशसभा सदस्यद्वारा लोसपाको पक्षका सनाखत

धनुषा, भदौ १६ : प्रदेश नम्बर २ का जनता समाजवादी पार्टी नेपालमा रहेका ११ जना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गरेका छन्।  उनीहरूले निर्वाचन आयोगको प्रदेश कार्यालय, जनकपुरधाममा पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन्।

लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, नीलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेको निर्वाचन कार्यालयका प्रमुख पुष्पाकुमारी झाले जानकारी दिइन्। प्रदेश २ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी जसपाको कूल ५५ प्रदेशसभा सदस्य रहेका थिए। 

लोसपाका पक्षमा जसपाका १४ जना प्रदेशसभा सदस्य खुलेका छन्। एक नेताका अनुसार जसपाका १४ जना लोसपामा खुलेर सनाखत गर्न तयार रहेको र थप चार जनालाई आफ्नो पक्षमा सनाखत गराउन प्रयास भइरहेको छ। लोकतान्त्रिक समाजवादी पार्टी रोजेका प्रदेशसभाका सदस्य जीतेन्द्र सोनलले बाँकी प्रदेशसभाका सदस्य बाहिर रहेकोले भोलि सनाखत गर्ने बताए। उनले अन्य सांसद बिहीबार र शुक्रबार सनाखतका लागि निर्वाचन कार्यालय पुग्ने बताए।

प्रकाशित मिति: २०:०७ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्